जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण : कीर्तिपुरबाट पक्राउ परे डोटीका दुई युवक « Khabarhub

जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण : कीर्तिपुरबाट पक्राउ परे डोटीका दुई युवक


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शनिबार भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलपछि जनकपुर बोल्ट्सका समर्थकमाथि अभद्र व्यवहार र आक्रमण गरेको आरोपमा दुईजना युवक पक्राउ परेका छन् ।

कीर्तिपुर नगरपालिका-१० स्थित त्रिवि क्रिकेट ग्राउण्डमा भएको जनकपुर बोल्ट्स र सुदुरपश्‍चिम रोयल्सबीचको फाइनल खेलपछि दुर्व्यवहार र आक्रमणमा संलग्न ती युवकलाई जिल्ला प्रहरी परिसरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका-२ घर भई हाल कीर्तिपुर नगरपालिका-८ पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीकै दिपायल सिलगढी नगरपालिका-१ घर भई कीर्तिपुर नगरपालिका-७ भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन् ।

उनीहरू दुवैजना फाइनल भिडन्तमा पराजित सुदूरपश्चिम रोयल्सका फ्यान रहेको खुलेको छ । जनकपुरले सुदूरपश्चिमलाई हराउँदै एनपीएलको पहिलो सिजनको उपाधि चुमेको थियो ।

उनीहरूले फाइनल खेलपछि अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने र विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको जाहेरी परेको थियो ।

त्यसैगरि विभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत् संकलित जानकारी र पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा घट्नामा दुवै युवकलाई आइतबार राति ७ बजे पक्राउ गरी प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ ।

यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १ : २३ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह