प्रधानन्यायाधीशदेखि जिल्ला अदालतका न्यायाधीशसम्म कसको तलब कति ? « Khabarhub

प्रधानन्यायाधीशदेखि जिल्ला अदालतका न्यायाधीशसम्म कसको तलब कति ?


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालू आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णय साउनदेखि कार्यान्वयन भइसकेको छ ।

सरकारी कर्मचारीहरले बढेको तलब पनि बुझ्न थालिसकेका छन् । तर, संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारी, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय क्षेत्रका पदाधिकारी र उच्च तथा जिल्ला अदालतका न्यायाधीशको तलब बढाउने सम्बन्धमा भदौ ५ गते बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

भदौ ५ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरेपनि बढेको तलब भने साउन १ गतेदेखि नै लागू हुने जनाइएको छ ।

न्याय क्षेत्रका पदाधिकारीमध्ये सबैभन्दा बढी तलब प्रधानन्यायाधीशको छ । प्रधानन्यायाधीशले अन्य सुविधा बाहेक मासिक ८६ हजार ९ सय ५० रुपैयाँ तलब पाउँछन् । त्यसपछि सर्वोच्च अदालतका न्यायाधीशले मासिक ७१ हजार ९ सय ५० रुपैयाँ तलब पाउँछन् ।

यस्तै, सरकाका महान्यायाधीवक्ता र न्याय परिषद सदस्यले पनि सर्वोच्च अदालतका न्यायाधीशसरह ७१ हजार ९ सय ५० रुपैयाँ तलब पाउँछन् ।

संवैधानिक निकाय (आयोग)का प्रमुख पदाधिकारीको तलब ६८ हजार १ सय ८० तोकिएको छ भने पदाधिकारीहरुको तलब ६४ हजार ४ सय २० तोकिएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीशको तलब ६८ हजार १ सय ८० तोकिएको छ भने न्यायाधीशको तलब ६४ हजार ४ सय २० रुपैयाँ तोकिएको छ ।

जिल्ला अदालतका न्यायाधीशले भने मासिक ५४ हजार ४ सय ३० रुपैयाँ तलब तोकिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ४ : ४७ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय