२९ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ? « Khabarhub

२९ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.९१ अंकले बढेको छ । नेप्से १.११ प्रतिशतले बढेर २६१२.२० बिन्दुमा पुगेको छ ।

आज नेप्से बढ्दा ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँ बराबरको कारोबारको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर कारोबार भएको छ ।

आज १९४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज ३२८ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार ९३८ पटक शेयर किनबेच भएको छ ।

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सोमबार १३ समूहमध्ये म्युचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फण्ड ४.२१ प्रतिशतले घटेर २०.३३ बिन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी हाइड्रोपावर समूह २.६५ प्रतिशतले बढेर ३ हजार ५१५.४२ बिन्दुमा पुगेको छ । आज सबैभन्दा कम निर्जीवन बीमा कम्पनी ०.११ प्रतिशतले बढेर १२ हजार ४२६.५८  बिन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.८४ प्रशितले विकास बैंक १.१५ प्रतिशतले, फाइनान्स १.६७ प्रतिशतले, होटल तथा पर्यटन ०.४३, लगानी ०.५१ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.४६ प्रतिशतले, लघुवित्त ०.१८ प्रतिशतले, अन्य समूह ०.६३ प्रतिशतले र ट्रेडिङ समूह ०.४६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ३ : १७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना