रूस-युक्रेन युद्धमा उत्तर कोरियाका एक हजारबढी सैनिक मारिए « Khabarhub

रूस-युक्रेन युद्धमा उत्तर कोरियाका एक हजारबढी सैनिक मारिए


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले सोमबार जनाएको छ।

सियोलको जासुसी निकायले गत हप्ता सांसदहरूलाई बुझाएको एक रिपोर्टअनुसार डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा १०० उत्तर कोरियाली सैनिक मारिएका छन् ।

प्योङयाङले रूसी सेनालाई सहयोग गर्न हजारौँ कोरियाली सैनिक पठाएको छ । तीमध्ये अधिकांश सैनिक युक्रेनी सेनाले यसै वर्षको सुरुमा क्षेत्र कब्जा गरेको कुस्र्क सीमा क्षेत्रमा रहेका विश्वास गरिएको छ ।

जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सूचना र गुप्तचरका विभिन्न स्रोतहरूमार्फत हामीले हालै युक्रेनी सेनासँगको लडाइँमा संलग्न करिब एक हजार १०० उत्तर कोरियाली सैनिक जना हताहत भएको आँकलन गरेका छौँ ।

जेसीएसले भनेको छ, ‘रूसको युद्ध प्रयासमा सहयोग पुर्‍याउन उत्तर कोरियाली सैनिकको थप तैनाथीको सम्भावनामा हामी विशेष चासो राख्छौँ ।’

जेसीएसका अनुसार प्योङयाङले ‘चक्रानुक्रममा पूरानालाई फिर्ता बोलाई नयाँ सैनिक वा थप सैनिक तैनाथ’ गर्ने तयारी गरिरहेको छ ।

आणविक शक्ति सम्पन्न उत्तर कोरियाले युक्रेनविरुद्धको लडाइँमा मस्कोलाई थप सहयोग पुर्‍याउन ‘ड्रोन उत्पादन र उपलब्ध गराइरहेको’ दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ ।

उत्तर कोरियाले रुसी सेनाका लागि ’२४० एमएम रकेट लञ्चर र १७० एमएम स्वचालित तोप’ पनि उपलब्ध गराइरहेको जेसीएसले जनाएको छ । उत्तर कोरियाले रुस–युक्रेन युद्धको अनुभवका आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको सियोलले जनाएको छ ।

‘यसले उत्तर कोरियाको सैन्य खतरा हामीप्रति बढ्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ।

पछिल्लो निष्कर्ष राष्ट्रिय गुप्तचर सेवाको एक रिपोर्टसँग मिल्दोजुल्दो छ । दक्षिण कोरियाली सांसदहरूलाई जानकारी गराइएको रिपोर्टमा उत्तर कोरियाको सैन्य योगदानको लागि रूसले प्योङयाङको परम्परागत हतियारको आधुनिकीकरण’ मा सघाउने सहमति भएको उल्लेख छ ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ ।

प्योङयाङ र मस्कोबीच गत जुनमा हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यही डिसेम्बरदेखि लागू भएको छ । विज्ञहरूका अनुसार उत्तर कोरियाली नेता किम जोङ उन रुसबाट अत्याधुनिक प्रविधि र आफ्ना सैनिकका लागि युद्धको अनुभव हासिल गर्न इच्छुक छन् ।

प्योङयाङले बिहीबार संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले युक्रेनमा रूसको युद्धमा उत्तर कोरियाको समर्थनको आलोचना गर्दै संयुक्त वक्तव्य जारी गरेकोमा अमेरिका र उसका सहयोगीहरूका आलोचना गरेको छ । प्योङयाङले वक्तव्यलाई ‘लापरबाहीपूर्ण उक्साहट’ को संज्ञा दिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ४ : ३३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग