स्याङ्जा जीप दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या तीन पुग्यो « Khabarhub

स्याङ्जा जीप दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या तीन पुग्यो


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– बुधबार स्याङ्जामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ज्यान गुमाएकामध्ये एक जनाको नाम खुलेको र अन्य दुई जनाको नाम ठेगाना खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख (एसपी) राज कुमार लम्सालले जानकारी दिए ।

गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर निरञ्जन घिमिरेका अनुसार ११ महिनाकी बालिका पनसन परियारको मृत्यु भएको भएको छ । जीपमा सवार २८ जनामध्ये बालिकाको घटना स्थलमै ज्यान गएको हो, भने अन्य दुईको लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो ।

घाइते मध्ये १७ जनाको लुम्बिनी मेडिकल कलेज प्रबास, ४ जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अन्य चार जनाको गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचारपछि घर पठाइएको गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर घिमिरेले जानकारी दिए ।

लुम्बिनी मेडिकल कलेज प्रवासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार १९ जनाको उपचार भइरहेको छ, जसमध्ये २ जनाको मृत्यु भइसकेको एक जनाको अवस्था गम्भीर रहेको छ ।

पाल्पाबाट जाँदै गरेको जिप गल्याङ्बाट आइरहेको अर्को जिपलाई साइड दिने क्रममा सडकबाट ३ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ६ : १८ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी