एनएमएसआरए काठमाडौँ : कोशराज अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिति गठन  « Khabarhub

एनएमएसआरए काठमाडौँ : कोशराज अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिति गठन 


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (एनएमएसआरए) काठमाडौँमा कोशराज अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ ।

२०२५–२०२६ कार्यकालको सम्पन्न निर्वाचनमा अवस्थी नेतृत्वमा रहेको प्यानलले अत्यधिक मत ल्याएर विजयी हुँदै नयाँ कार्यसमिति गठन गरेको को ।  एसोसिएसन अध्यक्षमा कोशराज अवस्थी रहेका छन् भने वरिष्ठ उपाध्यक्ष राजीवकृष्ण कर्ण, उपाध्यक्ष मनीष मल्लिक, महासचिव विनय रोका, कोषाध्यक्ष सुदर्शन ढकाल, संयुक्त सचिवहरू राजकृष्ण ठाकुर र चक्र रिमाल तथा संयुक्त कोषाध्यक्षमा सम्झना कर्माचार्य निर्वाचित भएका छन् ।

यस्तै कार्यसमितिका कार्यकारी सदस्यमा समीर जयसवाल, अतिश तिवारी, रञ्जितकृष्ण प्रसाद, अर्जुन सिलवाल र अशिष चौलागाईं निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष अवस्थीले संगठनलाई अझ सुदृढ, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाउँदै संगठनका सम्पूर्ण सदस्यहरूलाई सहकार्यका लागि धन्यवाद दिएका छन् ।

उनका अनुसार संगठनले सदस्यहरूको पेसागत हकहितको संरक्षण गर्दै उनीहरूको सिप विकास र पेशागत तालिमका क्षेत्रमा प्राथमिकता दिनेछ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : ०६ बजे

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी