कर्णाली प्रदेशका पूर्वमन्त्री ५ लाख धरौटीमा रिहा « Khabarhub

कर्णाली प्रदेशका पूर्वमन्त्री ५ लाख धरौटीमा रिहा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्री ५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

फर्जी बैंक ग्यारेन्टीमा जमानी बसेको आरोप लगोका खत्री उच्च अदालत पाटनको थुनछेक आदेशानुसार ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

उच्च अदालत पाटनले खत्रीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । खत्रीले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले जानकारी दिए ।

बुधबार नै उच्च अदालत पाटनमा उपस्थित भएका खत्रीको मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलाशमा थुनछेक बहस भएको थियो ।

थुनछेक बहसपछि अदालतले खत्रीसँग ५ लाख धरौटी मागी तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

केएसके नामक निर्माण (ठेकेदार) कम्पनीका सञ्चालक रहेका खत्री फर्जी बैंक ग्यारेन्टी प्रकरणमा मुछिएका थिए ।

कृषि विकास बैंकको रत्नपार्क शाखाको जाहेरीले खत्रीविरुद्ध नेपाल सरकारले नै बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो ।

५५–५५ लाखका २ ओटा ठेक्काको फर्जी बैंक ग्यारेन्टी बनाउँदा खत्री साक्षी बसेका थिए । उक्त प्रकरणमा खत्रीसँगै ठेकेदारहरु रणवीर तुम्बा र देवजंग शाहीको पनि प्रत्यक्ष संलग्नता देखिएको थियो ।

उनीहरुले कृषि बिकास बैंकको रत्नपार्क शाखाका तत्कालीन शाखा अधिकृत छबिलाल ढकालसँगको मिलेमतोमा फर्जी बैंक ग्यारेन्टी बनाएका थिए । प्रहरीले ठेकेदार तुम्बा तथा शाही र बैंकका अधिकृत ढकाललाई पक्राउ गरी यसअघि नै अदालतमा पेश गरिसकेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : २१ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका