कुवेतविरुद्ध सक्दो राम्रो खेल्ने नेपाली प्रशिक्षक कालिनको दृढता « Khabarhub

कुवेतविरुद्ध सक्दो राम्रो खेल्ने नेपाली प्रशिक्षक कालिनको दृढता


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप २०२२ र चीनमा सन् २०२३ मा हुने एसिया कप छनोटको दोस्रो चरणको पहिलो खेल नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतविरुद्ध बिहीबार खेल्दैछ । कुवेतको घरेलु मैदानमा खेल्न लागेको नेपाली टोलीका लागि आफूभन्दा फिफा बरियतामा १० स्थानमाथि रहेको टोलीलाई रोक्नु पर्ने चुनौति रहेको छ ।

नेपाली समयअनुसार राति पौने ११ बजे दुई टिमले स्टेडियम अफ कुवेत स्पोर्ट्समा प्रतिस्पर्धा गर्नेछन् । खेल अगाडिको प्रि म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध सक्दो राम्रो खेल्ने बताएका छन् । ‘हामी राम्रो खेल्ने प्रयास गर्ने छौं । हामीसँग यो भन्दा राम्रो उपाय छैन । हामीले त्यही गर्यौं, जुन संरचना हामीसँग उपलब्ध छन्,’ प्रशिक्षक कालिनले भने,‘खेलाडीले राम्रो मेहनत गरेका छन् । हामीलाई थाहा छ कुवेत बलियो टिम हो । हामी राम्रो टक्कर दिने छौं ।’

यसअघि मार्चमा नेपाली टोलीले कुवेतसँग २ खेलको मैत्रिपूर्ण फुटबल खेलेको थियो । जसमा नेपाली टोलीले राम्रो खेलेको बताएका प्रशिक्षकले डिफेन्डरले आफ्नो भूमिका सही तरिकाले निभाएको तर स्ट्राइकरले गोल निकाल्न नसकेको बताए । उनले अहिले टोलीमा केही सुधार भएको बताएका छन् ।

यता राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने अवसर पाएका गोलकिपर किरण चेमजोङले पनि कुवेत बलियो विपक्षी रहेको उल्लेख गर्दै कुवेतसँग भिड्न तयार रहेको बताएका छन् ।

विपक्षी टोली कुवेतका प्रशिक्षक रोमियो जोजाकले नेपाल राम्रो टिम भएको बताउँदै कमजोर नआक्ने बताए । उनले आफ्नो टिमले पछिल्लो १३ महिनामा विभिन्न अभ्यास खेलहरु खेलेको र उक्त अभ्यासको नतिजा नेपालविरुद्ध देखिने बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ३७ बजे

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल