तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै | Khabarhub Khabarhub

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण आगामी माग १६ र १७ गते हुने भएको छ । पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यले युएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

युएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष जाङ्बु शेर्पाले पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेञ्जिङ नोर्गे शेर्पाका नाममा उक्त प्रतियोगिता गर्न लागिएको बताए । उनले प्रतियोगिताले आरोहण क्षेत्रमा रूचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष शेर्पाले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले नेपालमा दोस्रो एडिसनको प्रतियोगिताले साहसिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।

क्वली राउन्डका लागि उपयुक्त ठाउँ छिट्टै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पाञ्जी एडभेञ्चर केन्द्रमा गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता दुई चरणमा हुनेछन् । पहिलो दिन क्वली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिनेछ । सो प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागिता जनाउन सक्नेछन् ।

कार्यक्रमले प्रतिस्पर्धा मात्र नभई आरोहण संस्कृति, सौहाद्र्रता र तेञ्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेञ्जिङ लामाले बताए ।

प्रतियोगितामा पुरूष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिनेछ । यसपटकको प्रतियोगितामा पुरूषतर्फबाट ४० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागिता जनाउनेछन् । त्यसैगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिलारपुरूषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १० : ३३ बजे

साउदीमा अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

काठमाडौं–  नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनीमा

बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि: यमाल बने नायक

काठमाडौं – लामिन यमाल छाएको खेलमा इस्पानियोललाई २-० ले हराउँदै

प्रतिनिधिसभामा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन

गण्डकी प्रदेशको आम्दानी लुम्बिनीलाई, २३ लाखभन्दा बढी राजस्व घाटा

पोखरा– गण्डकी प्रदेश सरकारको आम्दानी लुम्बिनी प्रदेश सरकारले पाउँदै आएको

कुलेखानी-कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौं– प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज