राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल « Khabarhub

राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन् ।

बिहिबार स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन । बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन् ।’

आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गरे। फरक प्रसंगमा उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताए।

सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका  सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १ : ३६ बजे

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक