पदम गिरीको नजरमा भीम रावलले एमालेलाई गरेका पाँच घात | Khabarhub Khabarhub

पदम गिरीको नजरमा भीम रावलले एमालेलाई गरेका पाँच घात


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावलका लागि बुधबारदेखि पार्टीको ढोका बन्द गरिदिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक रावललाई बुधबारको सचिवालय बैठकले संगठित सदस्यबाट निष्कासित गरेको हो ।

खासगरी ओलीसँग चितवन महाधिवेशनमा भिडेदेखि कर्नरमा पारिएका रावललाई बुधबारदेखि औपचारिक रुपमै निकालिएको हो ।

एमालेसँग करिब ४ दशक लामो लिगेसी बोकेका रावलको अहिले पनि सुदूरपश्चिम र कर्णालीमा बलियो पकड छ ।

रावललाई कारबाही गरेपछि देशभर एमालेकै कार्यकर्ताले आक्रोश पोखेका छन् । नेताहरूलाई ओलीको दासको संज्ञा दिँदै कार्यकर्ताहरूको आक्रोश सामाजिक सञ्जालमा पोखिएको छ ।

एमाले नेतृत्वको चर्को आलोचना भइरहेका एकजना नेता पदम गिरीले बुधबार सचिवालयले गरेको कारबाहीको बचाउ गरेका छन् ।

पूर्वमन्त्री एवम् एमालेका पूर्वप्रमुख सचेतक गिरी अहिले एमालेमा ओलीका प्रिय पात्रमध्ये एक मानिन्छन् ।

युवा नेताहरूमा ओलीले रुचाइएका उनै गिरीले एमालेले गरेको कारबाहीको फरक पार्टीका नेता-कार्यकर्ताले चिन्ता गरेको भन्दै प्रश्न गरेका छन् ।

‘पार्टी सचिवालयको भीम रावल लगायतको कारबाहीलाई लिएर एमालेभित्र भन्दा एमालेभन्दा फरक पार्टी कार्यकर्ताबाट बढी चिन्ता किन प्रकट भएको होला ?’, उनले भनेका छन्, ‘पार्टीका केही कार्यकर्तामा पनि यो स्याल हुइयाँको प्रभाव परेको हो कि ? के भीम रावलमाथि पार्टीले अन्याय नै गरेको हो त ? यता फर्केर हेरौँ न त ।’

गिरीले भीम रावलले विगतमा पार्टी र राष्ट्रका निम्ति योगदान नगरेको भन्न नमिल्ने बताउँदै पार्टीले पनि शिरमै राखेर अवसर र जिम्मेवारी दिएको पनि जिकिर गरेका छन् ।

भीम रावललाई अवसर

२०४६ सालमा अन्तरिममन्त्री झलनाथ खनालको सल्लाहकार (स्वकीय)
०५२ सालमा पर्यटन राज्यमन्त्री,
२०५५ मा पर्यटन मन्त्री
२०६२ मा एमालेद्वारा शिक्षामन्त्रीमा सिफारिस, तर खोजेको मन्त्रालय नपाएपछि गएनन्,
२०६४ मा समानुपातिक सभासद्,
२०६६ मा गृहमन्त्री,
२०७२ मा उपप्रधानसहित रक्षामन्त्री

गिरीको नजरमा रावलका पाँच घात

-बुटवल महाधिविशेनमा उपाध्यक्ष हार्नुभयो अनि केन्द्रीय सदस्य बन्नु भयो । तर महिनौँसम्म शपथ लिनु भएन र पार्टी काममा जोडिनु भएन । तर २०६६ को माधव नेपाल नेतृत्वको सरकारको गृहमन्त्री पाउने भएपछि हतार हतार भर्‍याङमुनि केन्द्रीय सदस्यको शपथ लिनुभयो ।

-एमालेले तत्कालीन सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद् अवरोध गरिरहेको अवस्थामा ह्विप उलंघन गरी एमसीसी पारित गर्ने संसद् बैठकमा भाग लिनु भयो ।

– माधव नेपालले पार्टी विभाजन गरेपछि बृहत् पार्टी एकता कायम राख्ने र अगाडि बढ्न १० बुँदे सहमति भयो । उक्त सहमतिका पक्षमा सबै नेताहरू तयार हुनुभयो । तर भीम रावल कार्यान्वयनमा नलागेर पार्टी हितविरुद्ध बोल्दै हिँड्नु भयो ।

-पार्टीको दशौँ राष्ट्रिय महाधिवेसनमा उपाध्यक्ष पद स्वीकार्नु भएन, केन्द्रीय सदस्य पनि बन्नु भएन । अनि पार्टीले विधान बमोजिम दिएको सल्लाहाकार पदलाई स्वीकार पनि गर्नु भएन । पार्टी हितविरुद्ध निरन्तर बोलिरहनु भयो । स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन हिँड्नु भएन, बरु असन्तुष्टि पोखिरहनु भयो । जसका कारण उहाँकै नगरपालिका साँफेबगरसमेत गठबन्धनबाट एकीकृत समाजवादीले जित्न पुग्यो, अरु थुप्रै क्षति बेहोर्नु पर्‍यो ।

– राष्ट्रिय मुद्दाका कयौँ विषयमा पार्टी बैठकमा आफ्नो मत नराख्ने, पब्लिक खपतका लागी मिडिया र सार्वजनिक स्थानमा बोल्ने तथा पार्टी नेतृत्वलाई दबाबमा राख्न खोज्ने अर्थात् आफू असली राष्ट्रवादी, बाँकी सबै घाती देखाउने अनुशासनहीन गतिविधि खुलेआम गरिरहनु भयो ।

-केन्द्रीय कार्यालय भवन बनाउने पार्टीको निर्णयका विषयमा पार्टीमा होइन, पब्लिक खपतका निम्ति बाहिर बोलिरहनुभयो । त्यस सम्बन्धमा किन त्यसरी बोलिरहेको भनी स्पष्टकरण माग्दा जवाफसमेत दिनु भएन ।

गिरीले अन्तिममा पार्टीमा बसेपछि कसैले पनि मनलाग्दी गर्न नपाउने बताएका छन् ।

‘के यसैगरी मनलाग्दी बोल्ने, पार्टी हितविरुद्ध गतिविधि गरिरहँदा पनि रमिता हेरेर बस्ने हो भने भोलि सयौँ भीम रावल जन्माएर अराजकता हुर्काउने ?’, उनले भनेका छन्, ‘त्यसैले जो कोही पनि पार्टी विधि-विधान र अनुशासनमा बस्नै पर्दछ, अन्यथा कम्युनिष्ट पार्टी अराजकताको शिकार बन्ने र समाप्तिको बाटोमा पुग्न कसैले रोक्न सक्दैन ।’

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १ : ४८ बजे

‘जबज’ले के भन्छ ? बोल्न दे भन्छ !

काठमाडौं– नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले भीम रावल, विन्दा

पशुपतिनाथमा जलहरी प्रकरण : पुष्टि भएन अख्तियारको दाबी, मुद्दामा ‘पूर्वाग्रह’ साँधिएको निष्कर्ष

काठमाडौं- विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत

खेल र खेलाडीको विकासमा प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री सिंह

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर बोल्टस्का विजयी खेलाडीलाई

चीनले ब्रह्मपुत्रमा विश्वकै ठूलो बाँध बनाउने, भारत र बंगलादेशले उठाए प्रश्न

नयाँदिल्ली- उत्तरी छिमेकी चीनले हालै मात्र भारतको सीमानजिकै विश्वको सबैभन्दा