४१ देशका लागि संसदीय मैत्री समूह गठन « Khabarhub

४१ देशका लागि संसदीय मैत्री समूह गठन


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको छ ।

बिहीबार सिंहदरबारमा सांसद मैत्री समूहको संयुक्त बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विभिन्न ४१ देशका लागि संसदीय मैत्री समूहमा रहेका सांसदको नाम पढेर सुनाएका थिए । सो क्रममा सभामुख घिमिरेले तीन वटा संसदीय मैत्री समूहको संयोजक तोक्न बाँकी रहेको जानकारी दिए ।

उनले संसदीय मैत्री समूहका संयोजकहरूले सम्बन्धित देशसँग संसदीय सम्बन्ध बढाउन भूमिका निर्वाह गर्न आग्रह गरे । संसदीय मैत्री समूह गठनमा ढिलाइ भएको भन्दै उनले अब सक्रिय रूपमा अघि बढाउन समेत सुझाव दिए ।

सभामुख घिमिरेले संसदीय मैत्री समूहसम्बन्धी कार्यविधि बनाएर व्यवस्थित गरिने बताए ।

उनले संघीय संसद्का १६ वटा संसदीय समूहलाई व्यवस्थित गर्न नसकेको अवस्थामा संसदीय मैत्री समूहलाई सचिव राखेर व्यवस्थित गर्ने कुरा सम्भव नरहेको बताए ।

नेपाल–अमेरिका संसदीय मैत्री समूहको संयोजकमा कांग्रेस सांसद डा प्रकाशशरण महत रहेका छन् । त्यस्तै अष्ट्रेलियाको संयोजकमा गगन कुमार थापा, फ्रान्सको संयोजकमा विश्व प्रकाश शर्मा, बेलायतको संयोजकमा बिराज भक्त श्रेष्ठ, रुसको संयोजकमा रघुजी पन्त, चीनको संयोजकमा नारायणकाजी श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ३ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्