कर्मचारीको आन्दोलनप्रति नेपाल नर्सिङ संघको ऐक्यबद्धता   « Khabarhub

कर्मचारीको आन्दोलनप्रति नेपाल नर्सिङ संघको ऐक्यबद्धता  


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लर्ड बुद्ध एकेडेमी लिमिटेड, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको आन्दोलनप्रति नेपाल नर्सिङ संघले ऐक्यबद्धता जनाएको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त आदोलनप्रति ऐक्यबद्धता जनाएको हो । तलब भत्ता सेवा सुविधा तथा वृद्धि विकासको माग गर्दै केही एकेडेमीमा कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् । विभिन्न मितिमा भएका वार्ता तथा संवादलाई अस्पताल व्यवस्थापन पक्षले कार्यान्वयन नगरेको उनीहरूले आरोप लगाएका छन् ।

अस्पतालमा कार्यरत कर्मचारी तलब-भत्ता तथा सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएको भन्ने खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

 ‘स्वास्थ्य क्षेत्र जस्तो जीवनसँग प्रत्यक्ष सरोकार राख्ने संस्थामा कार्यरत कर्मचारीहरूका जायज माग यथाशीघ्र सम्बोधन गर्न अस्पताल व्यवस्थापन तथा सम्पूर्ण सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ ।’ नर्सिङ सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ५ : १७ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक