भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान « Khabarhub

भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ ।

रुपन्देहीको सदरमुकासमेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले ‘अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेशन सिस्टम’ (एएनपिआर) जडान गरेको हो ।

यहाँ हुने सवारी दुर्घटना र अन्य अपराधमा संलग्न व्यक्तिको पहिचान गर्न एएनपिआर जडान गरिएको नगरपालिकाले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमासमेत सहयोग पुग्ने बताए। उनले देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र वेलहिया वाईपासमा एनएनपिआर जडान गरिएको जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यो प्रणालीले अँध्यारोमासमेत सवारीको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क जस्ता पहिरन  लगाउँदा पनि पहिचान गर्न सकिने बताए।

उनका अनुसार यसबाहेक नगरपालिकाले भैरहवाका अन्य १८ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ  ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ७ : ०२ बजे

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर