फुलहामसँग चेल्सी पराजित « Khabarhub

फुलहामसँग चेल्सी पराजित


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको चेल्सी घरेलु भूमिमा फुलहामसँग २–१ ले पराजित भएको छ।

शानदार कमब्याक गरेको फुलहामका लागि इन्जुरी समयको छैटौँ मिनेटमा वैकल्पिक खेलाडी रोड्रिगो मुनिजले गोल गरे।

खेलको १६ औं मिनेटमा कोल पालमरको गोलमा चेल्सीले अग्रता लिएको थियो। पालमरको यो वर्षको २६ औं प्रिमियर गोल हो।

यसपछि लगातार चेल्सीमाथि आक्रमण गरेको फुलहामले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको हो। खेलको ८२ औं मिनेटमा वैकल्पिक खेलाडी हेरी विल्सनले गोल गर्दै फुलहामलाई खेलमा फर्काएका थिए।

फुलहामले यस सिजनमा लिभरपुल र आर्सनलसँग पनि बराबरी गरिसकेको छ। जित पछि फुलहाम २८ अङ्कसहित आठौँ स्थानमा उक्लेको छ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ७ : २८ बजे

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा

विधानअनुसार नै १५औँ महाधिवेशन हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेस देउवा समूहले पार्टीको विधि विधान अनुसार नै

तनहुँ जलविद्युत् आयोजनाको जलाशयमा रूख कटान सुरु

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय

कोप-३१ का मुख्य एजेन्डा र नेपालको अडान

टर्कीको अन्टाल्याामा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी महासन्धिमा सम्बद्ध राष्ट्रहरूको

तीन महिनामै दुई अर्बको नेपाली जुस विदेशियो, भारतमा सबैभन्दा बढी निर्यात

काठमाडौँ – नेपाली जुसको अन्तर्राष्ट्रिय बजारमा भारत प्रमुख गन्तव्य बनेको