जग्गा लिलाम गरेको भन्दै सिद्धार्थ बैंकविरुद्ध प्रदर्शन « Khabarhub

जग्गा लिलाम गरेको भन्दै सिद्धार्थ बैंकविरुद्ध प्रदर्शन


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम -व्यवसायीको जग्गा छल गरी लिलाम गरेको आरोप लगाउँदै स्थानीय उद्योगी, व्यवसायीहरू सिद्धार्थ बैंकविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा  उनीहरू सिद्धार्थ बैंकको मिल्सएरिया साखा तल प्रदर्शन गरिरहेका छन् । ऋणीले ऋण चुक्ता गर्न तयार रहेको बताए पनि छल गरी जणा अन्य व्यक्तिको नाममा पास गरेको अध्यक्ष भण्डारीले जनाए।

आफ्‌नो रोहवरमा बैंकका प्रबन्धक र ऋणी रायबीच आइतबार चुक्ता गर्ने सहमति भए पनि शुक्रबार नै मालपोत कार्यालय धनुषामा पत्राचार गरी जम्णा पास गराएको अध्यक्ष भण्डारीले आरोप लगाएका छन्।

बैंकले धोका दिएपछि विरोध जनाउँदा प्रहरीले पीडित कणी रायलाई कुटपिट गरेको र उनका भाइ महेश रायलाई प्रहरीले पक्राउ गरेको भण्डारीले बताए ।

धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बैंकमा होहल्ला गरेकाले रायलाई पक्राउ गरेको पुष्टि गरेका छन् । बैंक मैनेजर, ऋणी र जउवा संघलाई समस्याको समाधान गर्न आग्रह गरेको बताउँदै एसपी तिवारीले भने, स्थिति नियन्त्रणमा रहेको छ।

बिहिबार दिउँसो बैंकका प्रबन्धक अर्ग बलम्पाकी र लोन अधिकृतलाई प्रहरीले छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको धियो तर त्यहीपनि समाधान ननिस्केपछि पीडित र व्यवसायीहरुले भानुचोकमा धर्ना दिएका छन् ।

ऋण चुक्ता गर्न पटक पटक लिखित, मौखिक ताकेता गर्नुका साथै पत्रपत्रिकामा सूचना समेत प्रकाशनगर्दा समेत भुक्तान नगरेपछि लिलामीको प्रक्रियामा गएको बैंकका कर्मचारीहरूले जनाएका छन् ।

बैंकको जगा लिलाम सकारेका व्यक्तिले रकम चुक्ता गरी जग्गा पुर्जा समेत प्राप्त गरिसकेका छन् । बैंकका कर्मचारीहरूले ऋण असुलीको नाममा भू-माफियाहरूसित मिलेर जग्गा लिलाम गरिरहेको अध्यक्ष भण्डारीले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ११ : ५७ बजे

कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड

काठमाडौं- विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले ऐतिहासिक सफलता हासिल

बुद्धिचाल महासंघमा चरम विवाद, साधारण सभा नै दुई स्थानमा

काठमाडौं- अखिल नेपाल बुद्धिचाल महासंघको साधारण सभा दुई स्थानमा भएको

बाँकेका पाँच जनालाई घर घरमा राहदानी वितरण

नेपालगञ्ज– बाँकेमा हुलाक कार्यालयमार्फत यहाँका तीन स्थानीय तहका पाँच जनालाई

कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक : सुनिता डंगोल

 काठमाडौं – काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा

क्यालिफोर्नियामा रासायनिक ट्यांकी चुहावटका कारण हजारौँ विस्तापित

एजेन्सी– अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्यांकी चुहावट हुन थाले पछि