तीनकुनेको जग्गा ५० वर्षदेखि कब्जा, सरकारले केही गरेन : बालेन | Khabarhub Khabarhub

तीनकुनेको जग्गा ५० वर्षदेखि कब्जा, सरकारले केही गरेन : बालेन


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अहिले दुई तिहाइको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनले बताए । उनले पचासौँ वर्षदेखि जग्गा कब्जा हुँदा पनि सरकारबाट आश्वासन मात्रै प्राप्त भएको धारणा राखे । कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न उनले स्थानीयहरूलाई सुझाव दिए ।

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोत साधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नबढे कहिल्यै समस्या समाधान नहुने उनले बताए  ।

शाहले कोटेश्वर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा साथ बिक्री वितरण गर्न सुझाव दिए । कोटेश्वर महोत्सव दुई दिनसम्म चल्नेछ ।

 

 

 

 

 

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : २४ बजे

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय