धार्मिक गतिविधिमा संलग्न तीन ताइवानी चीनमा पक्राउ « Khabarhub

धार्मिक गतिविधिमा संलग्न तीन ताइवानी चीनमा पक्राउ


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धार्मिक गतिविधिमा संलग्न भएका तीन जना ताइवानी नागरिक चीनमा पक्राउ परेका छन् । दक्षिणी चीनको गुवाङडोङ प्रान्तमा आई कुन ताओ धार्मिक अभियानमा संलग्न तीन ताइवानी नागरिक चीनमा पक्राउ परेको ताइवानी अधिकारीले जनाएका छन् ।

ताइवानका चिनियाँ मामिलासम्बन्धी अधिकारी लो वेन जियाले पक्राउ परेका तीनै जना ७० वर्ष उमेर समूहका रहेको जानकारी दिएका छन् । उनीहरुलाई जोङशाङ शहरस्थित एउटा निजी घरमा ग्रन्थ वाचन गरिरहेका बेला प्रहरीले छापा मारेर पक्राउ गरेको रेडियो फ्रि एशियाले जनाएको छ।

१९ औँ शताब्दीको अन्त्यतिर जापानी कब्जामा रहेका बेला चीनमा आई कुन ताओ नामक धार्मिक अभियान शुरु भएको बताइन्छ । चिनियाँ कम्युनिष्ट पार्टीले गैरकानुनी गोप्य समाज र धर्मान्धता फैलाउने भन्दै उक्त धार्मिक अभियानमाथि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १२ : २८ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको