पाकिस्तानमा ८ महिनामा ऋणको भार ४ ट्रिलियनले बढ्यो « Khabarhub

पाकिस्तानमा ८ महिनामा ऋणको भार ४ ट्रिलियनले बढ्यो


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा सार्वजनिक ऋणको भार बढेर गएको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा पाकिस्तानमा सार्वजनिक ऋणको भार ४ ट्रिलियन पाकिस्तानी रुपैयाँले वृद्धि भएको छ ।

एआरवाई न्युजका अनुसार हाल पाकिस्तान सरकारको थाप्लोमा ६९.११४ ट्रिलियन पाकिस्तानी रुपैयाँ बराबर सार्वजनिक ऋणको भार छ । गत फेब्रुअरी महिनामा सार्वजनिक ऋण ६४.८१० ट्रिलियन पाकिस्तानी रुपैयाँ रहेको थियो ।

केही दिनअघि पाकिस्तान सरकारले सर्त मान्न अस्वीकार गरेपछि विश्व बैंकले ५ सय मिलियन अमेरिकी डलर बराबरको ऋण दिन अस्वीकार गरेको थियो । लामो समयदेखि पाकिस्तान आर्थिक संकटबाट गुज्रिरहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ३४ बजे

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा