क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान « Khabarhub

क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गलकोट – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले क्षयरोगको अन्त्यका लागि प्रदेश सरकारले वडा तहमै खोज्न थालेको बताएका छन्।

आज ढोरपाटन नगरपालिका–८ को सेराबाङमा आयोजित एक्सरेद्वारा छातिरोगसम्बन्धी खोजपडताल कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले क्षयरोग समयमै पत्ता लगाउन सकेमा उक्त रोगबाट मुक्त हुन सकिने बताए। उनले डिजिटल एक्सरे लिएर वडा तहमै स्वास्थ्यकर्मी पठाइरहेको बताए ।

बिरामी नभई अस्पताल नजाने बानीको अन्त्य गर्न सचेतना आवश्यक रहेकाले समय–समयमा स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताए।

दुर्गम गाउँमा स्वास्थ्य सेवा गण्डकी प्रदेशको प्राथमिकता रहेको मुख्यमन्त्रीको भनाइ छ । साथै उनले घरमै हुने सुत्केरी गराउने चलन अन्त्य गर्न गण्डकी प्रदेश सरकारले सचेतना अभियान चलाएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।

दूरदराजका बिरामीलाई सेवा दिन बुर्तिवाङमा ५० शय्याको अस्पताल स्थापना गरेको उनको भनाइ थियो । गण्डकी प्रदेशको क्षयरोग उपचार केन्द्रको आयोजना, स्वास्थ्य कार्यालय बागलुङ र ढोरपाटन नगरपालिकाको समन्वयमा खोजपडताल थालिएको  छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १२ : ५३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको