प्रजातान्त्रिक आन्दोलनमा पीएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह « Khabarhub

प्रजातान्त्रिक आन्दोलनमा पीएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पीएल सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

शनिबार सिंहको १३ औँ दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पीएल सिंहले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरे ।

कांग्रेस पूर्वमहामन्त्रीसमेत भइसकेका सिंहले पीएल सिंहले प्रजातान्त्रिक आन्दोलनसँगै असहज बेलामा आफ्नो परिवारको समेत ख्याल गरेको बताए । ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनका बेलामा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

त्यस्तै काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएपछि पीएलले आफ्नो कार्यकालमा काठमाडौंलाई महानगर बनाएको र काठमाडौंको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाएर आधुनिक काठमाडौं बनाउन नेतृत्वदायी भूमिका खेलेको सन्दर्भ पनि  सिंहले चर्चा गरे।

कांग्रेस काठमाडौं सभापति सबुज बानियाँको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्ण सिटौला,स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कांग्रेस नेता भीमसेनदास प्रधान, राजन केसीलगायत काठमाडौं जिल्ला समिति,महानगर समितिका सभापति नीलकाजी शाक्य, नेतृ सिर्जना सिंह, कांग्रेस काठमाडौं जिल्ला समिति, महानगर समितिका पदाधिकारी, सदस्य तथा भातृ संघसंस्थाका नेता कार्यकर्ता सहभागी थिए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १ : ०२ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन