समाजवादीका घनश्यामले भने : ओलीले एमालेको नेतृत्व छाड्नु हितकर ! | Khabarhub Khabarhub

समाजवादीका घनश्यामले भने : ओलीले एमालेको नेतृत्व छाड्नु हितकर !


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले शत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरेको भन्दै भीम रावललाई ओलीप्रति प्रश्न उठाएपछि एमालेबाट निकालिएको बताएका हुन् ।

अहिलेको अवस्थामा ओलीको सबै प्रयोग असफल भएकाले पार्टीको नेतृत्व छाड्नु हितकर हुने उनले सुझाव दिए। उनले रावललाई आफ्नै पार्टीमा आउन आह्वान समेत गरे ।

भुसालले सहकारी प्रकरणमा भएको छानबिनमा केही गडबड भएको महसुस आफूलाई भएकाले निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने बताए ।

रवि लामिछानेलाई इश्र्याका कारण केही दुःख दिएको हुनसक्ने उनले बताए । त्यस्तै महासचिव भुसालले गणतन्त्रमा अपेक्षा अनुसारको नेतृत्व देशले अझै पाउन नसकेको धारणा राखे ।

मुलुकको सबै समस्याका साथै हक अधिकार स्थापित गराउनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।

भुसालले गणतन्त्रका नेता भनेका राजनीतिक पार्टीहरूले आफ्नो औचित्य निरन्तर गुमाउन थालेकाले नयाँ व्यवस्थाका लागि जिम्मेवारी पार्टी निर्माणका लागि राम्रो अवसर प्राप्त भएको बताए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ३ : १८ बजे

जनमत-नाउपा एकता वैशाख १७ गते गर्ने तयारी

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १७ गते

भूकम्पको १० वर्ष : गोरखा पुगे प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

के जनावरले पनि सपना देख्छन् ? 

काठमाडौं– यदि तपाईँसँग कुकुर वा बिरालो छ भने तिनीहरूले अचानक

एमसीसीको खारेजीले उब्जाएका प्रश्न : जवाफ दिने को ?

अमेरिकी सहायता परियोजना भनेर नेपाली समाजलाई विभाजित तुल्याइएको र विवादकै

श्रम शोषण भएको भन्दै आवासीय डाक्टरले घेरे मन्त्रालय

काठमाडौं– सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै