भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन : प्रचण्ड « Khabarhub

भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन : प्रचण्ड


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने बताएका छन् ।

कञ्चनपुरको पुनर्वासमा आज आयोजित भ्रष्टाचारविरुद्ध खबरदारी सभामा उनले अठार महिनाको अवधिमा सरकारमा रहँदा पनि भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान थालनी गरिएको बताए ।

“मेरो नेतृत्वको सरकारकै पालमा मिटरब्याजीविरुद्ध अभियान सञ्चालन गरेका थियौँ । भारत सरकारसँग ऊर्जासम्बन्धी समझदारी, चीनसँगको पारवहन सम्झौतासँगै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोडने काम पनि भयो”, अध्यक्ष दाहालले भने ।

उनले माओवादी केन्द्र बलियो भएमा देशमा सुशासन र विकासले गति लिने भन्दै देशैभर एकबद्ध हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १० : ४५ बजे

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।

हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका