एनपीएल विजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भव्य स्वागत « Khabarhub

एनपीएल विजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भव्य स्वागत


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली प्रिमियर लिग (एनपीएल)  विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरूलाई रौतहटको सदरमुकाम गौरमा भव्य रूपमा स्वागत गरिएको छ  ।

हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरू लाई गौर नगरपालिकाका मेयर शम्भु साह लगायतका संघ संस्थाले भव्य स्वागत गरेको हो ।

एनपीएल सिजन १ का विजेता  बोल्ट्सका खेलाडीहरूलाई मेयर साहको नेतृत्वमा भव्य स्वागत गरिएको छ। मेयर साहले खेलाडीहरूलाई फूलमाला लगाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा जनकपुर बोल्ट्सको जितलाई ऐतिहासिक उपलब्धि भएको भन्दै मेयर शम्भु साहले स्थानीय खेलकुदको विकास र प्रोत्साहनमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

जनकपुर बोल्टसका व्यवस्थापन पक्षले ट्रफी, र खेलाडी सहित मधेश प्रदेशको आठ वटै जिल्लामा जाने कार्यक्रम अनुसार आइतबार बिहान गौर पुग्दा खेलाडीहरू लाई भव्य रूपमा स्वागत गरेका थिए ।

 

त्यस अघी क्रिकेट संघ रौतहटको आयोजनामा बोल्ट्सका खेलाडी र व्यवस्थापन पक्षलाई विभिन्न झाँकी प्रदर्शन गर्दै गौर राइस मिल्समा स्वागत गरिएको थियो।

सम्मान कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरू, नगरवासीहरू, खेलप्रेमिहरु, संघका पदाधिकारीहरू सहित सयौँ नागरिकहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  २ : ४४ बजे

वर्ष ०८२ : स्टारहरूलाई पछार्ने फिल्म

काठमाडौं – स्टारको करिअर बक्स अफिस कलेक्सनले निर्धारण गर्छ ।

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान