कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ « Khabarhub

कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेको प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनले भने, ‘कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो टोलीले होटल विश्पुलबाट आज खड्कालाई पक्राउ गरेको हो ।’

पक्राउ परेका खड्काको साथबाट प्रहरीले एक थान नौ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन र नौ राउन्ड गोलीसमेत बरामद गरेको जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : ४२ बजे

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

मान्म– कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको

ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो

यूएई- चीनको ठूलो रिफाइनरी कम्पनी झेजियाङ्ग पेट्रोकेमिकल कर्पले आफ्नो अपरेशन

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौं– बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट

पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको