पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा « Khabarhub

पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानसँगको पहिलो टेस्टमा सफलता पाएको छ। सफलतासँगै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा छनोट भएको छ। १४८ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ९९ रन बनाउँदा आठौँ विकेट गुमाएको थियो । कासिगो रबाडा र मार्को जेन्सनले टोलीलाई जित दिलाए।

तीन वर्षपछि टेस्ट टोलीमा फर्किएका मोहम्मद अब्बसले ५४ रन खर्चिएर ६ विकेट लिए पनि उनले टोलीको हार टार्न सकेनन्। पाकिस्तानले सन् २००७ यता दक्षिणी अफ्रिकी भूमिमा ८ टेस्टमा पराजयको सामना गरिसकेको छ।

दक्षिण अफ्रिकाले ३७ रनमा ५ विकेट गुमाएपछि पाकिस्तान जितको नजिक देखिएको थियो। पाकिस्तानी बलरले १२ बलको अन्तरमा ४ विकेटको सफलता पाएका थिए। जेन्सनले १६ तथा रबाडाले ३१ रन जोडे। रबाडाले १२ रन अवस्थामा जीवन दान पाएका थिए। सो समयमा दक्षिण अफ्रिकालाई जितका लागि ३२ रन आवश्यक थियो।

पहिलो पारीमा पाकिस्तानले २११ तथा दक्षिण अफ्रिकाले ३०१ रन जोडेका थिए। दोस्रो पारीमा पाकिस्तानले २३७ बनाएको हो। पहिलो पारीमा ८९ रन जोडेका दक्षिण अफ्रिकी कप्तान आइडन म्याक्रम खेलको म्यान अफ द म्याच घोषित भए।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ८ : ३२ बजे

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा

विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय

काठमाडौं- विकासे मन्त्रालय खोजेपछि डा. अमरेश सिंह अन्तिम समयमा मन्त्रीको

बालेनका विश्वास पात्र लमसाललाई भौतिक मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपात्र सुनिल लम्साललाई भौतिक