मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध प्रभातफेरी « Khabarhub

मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध प्रभातफेरी


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं १५ ले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध प्रभातफेरी गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १३ औं राष्ट्रिय दिवशको अवसर पारेर वडा कार्यालयले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

प्रभातफेरी कार्यक्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भु, स्थानीय क्लब, महिला समूह, विभिन्न विद्यालयका बिद्यार्थीहरु सहभागी भएका थिए । प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, वडाका बुद्धिजीवी, समाजसेवी पनि प्रभात फेरीमा सहभागी थिए ।

प्रभातफेरीमा सभागीहरुले मानव बेचबिखन तथा ओसारपसार समाज भित्र हुने जघन्य अपराधहरु भित्र पर्ने भएकोले सबै सचेत हुनुपर्ने बताए । समाजमा मानव ओसार पसारको भिन्न भिन्न रुप देखिन थालेकोले शिक्षित पढेलेखेका पनि यसको शिकार भएको भन्दै यस बिरुद्ध लड्न समाज नै जागरुक हुनुपर्ने बताए ।

प्रभातफेरीमा सहभागि महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख लाल ध्वज सुबेदीले अन्तराष्ट्रिय स्तरमा मानव बेच बिखन तथा ओसारपसार पैशा आर्जन गर्ने तेश्रो अबैधानिक ब्याबसायको रुपमा फस्टाउदै गएको भन्दै यसको बदलिदो स्वरुपलाई सबैले बुझ्नु पर्ने बताए ।

यो अपराधको सुरुवातमा व्यक्ति फस्ने जस्तो देखिए पनि सामाजिक अपराध भएकोले सरकारले व्यक्ति परिवार र समाज सबै लड्नु पर्ने बताउदै आएको छ ।

नेपाल सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरेर मानव बेच बिखन तथा ओसारपसार बिरुद्ध काम गर्दै आएको छ । प्रभातफेरी कार्यक्रम स्वयम्भु, भगवानपाउ, डल्लु आवाशक्षेत्र,इन्द्रायणी शोभाभगवती, विजेश्वरी क्षेत्रका टोल बस्तीमा पुगेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ११ : ३० बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल