चेल्सी २ शून्यले पराजित « Khabarhub

चेल्सी २ शून्यले पराजित


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

लन्डन – लियाप डेलापले उत्कृष्ट प्रदर्शन गरेपछि चेल्सीले इङ्लिस प्रिमियरसिपको सोमबार भएको खेलमा इप्सविचसँग २-० को हार सामना गरेको छ।

१२ औं मिनेटमा पेनाल्टीलाई उपयोग गर्दै पहिलो गोल गरेका डेलापले दोस्रो हाफको आठौँ मिनेटमा चेल्सीका पूर्व विङ्गर ओमारी हुटचिन्सनका लागि दोस्रो गोलको अवसर सृजना गरिदिएका थिए। खेलको डेलापकै पासमा हुटचिन्सनले उसका लागि दोस्रो गोल गरेका हुन्। त्यसपछि खेलमा कुनै पनि गोल हुन सकेन।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा अस्टन भिल्ला र ब्रिङटनले २-२ गोलको बराबरी गरेका छन्।

वर्ष २०२४ को अन्त्यमा लिभरपुल १८ खेलमा ४५ अङ्कसहित शीर्ष स्थानमा छ भने १९ खेलमा नटिङघम फरेस्टको ३७ अङ्क छ।

आर्सनलको १८ खेलमा ३६ अङ्क बनाएको छ। चेल्सीको १९ खेलमा ३५ तथा न्युक्याशलको १९ खेलमा ३२ अङ्क छ। छैटौँ स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ खेलमा ३१ अङ्क छ। अस्टन भिल्लाको १९ खेलमा २९ तथा ब्रिङटनको २७ अङ्क छ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : १६ बजे

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार