जनकपुरधाममा मांसमदिरा बेच्नेलाई कारबाही गरिने | Khabarhub Khabarhub

जनकपुरधाममा मांसमदिरा बेच्नेलाई कारबाही गरिने


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

मुख्यमन्त्री सिंहले आज जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको भेटमा  जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांसमदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरे। 

जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्रीले मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई  अनुरोध गरे । नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिए । 

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : ५१ बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्