विश्प्रकाश भन्छन् : पाँच वर्ष टिक्ने प्रधानमन्त्री चाहिएको छ | Khabarhub Khabarhub

विश्प्रकाश भन्छन् : पाँच वर्ष टिक्ने प्रधानमन्त्री चाहिएको छ


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् ।

पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा शर्माले संसदमा विकल्प रहुन्जेल पाँच वर्ष कसैले भंग गर्न नसक्ने भन्दै अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको पनि खाँचो रहेको बताएका हुन् ।

संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनु ठुलो कुरा नभएको भन्दै शर्माले कोही प्रधानमन्त्रीले पाँच वर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजी गर्नुपर्ने बताए । सरकारमा जाने अधिकार पहिलो दललाई मात्रै रहने व्यवस्था बनाउनुपर्ने उनले बताए ।

कांग्रेसजस्तो अलोकतान्त्रिक दल कुनै छैन भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको अभिव्यक्तिप्रति महामन्त्री शर्माले पार्टीभित्र फरक मत राख्ने नेताहरू कांग्रेसभित्रै रहेको उल्लेख गरे । तर, एमालेभित्र प्रश्न उठाउने व्यक्तिलाई भने कारबाही गरिएको उनले बताए ।

उनले कांग्रेस पार्टीमा नेतृत्व लिन खोज्नेको अभाव देखिएको धारणा राखे । सभापति शेर बहादुर देउवाले धेरै काम गरिरहेको अवस्थामा अव त्याग गर्न बाँकी रहेको र त्यही सुझाव आफूले दिएको उनको भनाइ छ । शर्माले सरकारको आगामी नीति तथा कार्यक्रममा तीन सिफ्टमा काम गर्ने गरी योजना बनाउनुपर्ने सुझाव दिए ।

त्यस्तै उनले मेलमिलापको नीति अनुसार नै माओवादीलाई कांग्रेसले शान्तिपूर्ण राजनीतिमा ल्याएको जिकिर गरे ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  २ : ४७ बजे

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी– पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

क्लब विश्वकप – पल्मेराइस र पोर्टोको बराबरी

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘ए’को खेलमा पल्मेराइस र