बाल विवाहको अन्त्यविना देश समृद्ध बन्दैन : मन्त्री साह « Khabarhub

बाल विवाहको अन्त्यविना देश समृद्ध बन्दैन : मन्त्री साह


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले  ‘बाल विवाह’ को अन्त्य विना देश समृद्ध नबन्ने बताएका छन् । 

मंगलबार मन्त्रालय अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रीले बाल विवाह समाजको कुरूपता भएको बताए । 

उनले भने, ‘समृद्ध देश बनाउनको लागि बाल विवाहको अन्त्य गर्नुपर्छ । बाल विवाह शारीरिक र मानसिक शोषण हो र अन्याय हो । बालबालिकाको हकहितको लागि पर्याप्त कानुन छ । अब कार्यान्वयन मात्रै हो । संघ, प्रदेश र पालिकाबीचमा समन्वय गरे कानुनको कार्यान्वयनमा कठिनाइ हुँदैन ।’

साथै, साहले बाल विवाह अन्त्यको लागि काँधमा काँध मिलाएर काम गर्ने प्रतिज्ञा गरेका छन् । समृद्धिका लागि एक्लै–एक्लै भन्दा सहकार्य गरेर काम गर्दा उपयुक्त हुने उनको भनाइ छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को धारा ३९ को उपदफा-१ अनुसार बालविवाह गर्नेलाई ३ वर्षको कैद र तीस हजार जरिवाना तोकिएको छ ।

मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : २७ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।