दक्षिण कोरिया विमान दुर्घटना : १७४ जनाको सनाखत « Khabarhub

दक्षिण कोरिया विमान दुर्घटना : १७४ जनाको सनाखत


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मंगलबार जनाएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये डिएनए परीक्षणबाट थप १० जनाको पहिचान भएको शोकसन्तप्त परिवारलाई जानकारी गराएको छ ।

बाँकी पाँच जनाको शव पहिचान हुन सकेको छैन ।

पहिचान भएका चार जनाको शव शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरिएको र उनीहरूको अन्त्येष्टि कार्य सुरु भएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले यसअघि सबै शवहरू परिवारलाई हस्तान्तरण गर्न १० दिन लाग्न सक्ने बताएका थिए । जेजु एयरको बोइङ ७३७–८०० विमान सियोलबाट २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : ३३ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा