भीम रावलको निष्कर्ष : ओली तानाशाही बनेपछि वैकल्पिक बाटो हिँड्न बाध्य भएँ « Khabarhub

भीम रावलको निष्कर्ष : ओली तानाशाही बनेपछि वैकल्पिक बाटो हिँड्न बाध्य भएँ


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेबाट गत पुस ११ गते निकालिएका पूर्वउपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् ।

भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेको भन्दै रावलले आक्रोश पोखेका हुन् । रावलले ओलीका कारण अन्तर्राष्ट्रिय सम्बन्ध पनि फितलो बनाइएकोमा आपत्ति जनाए ।

एमालेबाट निकालिएपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै रावलले ओलीप्रति आक्रोश पोखेका हुन् । अहिले देश र जनताको अवस्था दयनीय बनाइएको पनि उनले बताए । रावलले सत्ताको बागडोर सम्हालेकाहरूले भ्रष्टाचारलाई बढावा दिने काम गरिरहेको पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप रावलले लगाएका छन् ।

आफूले पाँच दशकसम्म काम गरेको एमालेमा ओलीबाट भएको क्रियाकलापको विरोध गरेको पनि स्मरण गरेका छन् । एमालेबाट निकालिएपछि देश र जनताको सर्वोपरि हितका लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको रावलले बताए ।

एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उनले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको रावलले गुनासो गरे ।

उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय ओलीले आफूप्रति गरेको चरम प्रतिशोधको एउटा उदाहरण भएको पनि बताएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १ : ५० बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका