भीम रावलको निष्कर्ष : ओली तानाशाही बनेपछि वैकल्पिक बाटो हिँड्न बाध्य भएँ « Khabarhub

भीम रावलको निष्कर्ष : ओली तानाशाही बनेपछि वैकल्पिक बाटो हिँड्न बाध्य भएँ


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेबाट गत पुस ११ गते निकालिएका पूर्वउपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् ।

भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेको भन्दै रावलले आक्रोश पोखेका हुन् । रावलले ओलीका कारण अन्तर्राष्ट्रिय सम्बन्ध पनि फितलो बनाइएकोमा आपत्ति जनाए ।

एमालेबाट निकालिएपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै रावलले ओलीप्रति आक्रोश पोखेका हुन् । अहिले देश र जनताको अवस्था दयनीय बनाइएको पनि उनले बताए । रावलले सत्ताको बागडोर सम्हालेकाहरूले भ्रष्टाचारलाई बढावा दिने काम गरिरहेको पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप रावलले लगाएका छन् ।

आफूले पाँच दशकसम्म काम गरेको एमालेमा ओलीबाट भएको क्रियाकलापको विरोध गरेको पनि स्मरण गरेका छन् । एमालेबाट निकालिएपछि देश र जनताको सर्वोपरि हितका लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको रावलले बताए ।

एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उनले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको रावलले गुनासो गरे ।

उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय ओलीले आफूप्रति गरेको चरम प्रतिशोधको एउटा उदाहरण भएको पनि बताएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १ : ५० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा