कागेश्वरी महामेला सुरु, डेढ लाख पर्यटक भित्र्याउने लक्ष्य « Khabarhub

कागेश्वरी महामेला सुरु, डेढ लाख पर्यटक भित्र्याउने लक्ष्य


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा बिहीबारदेखि महामेला सुरु भएको छ ।

३ दिनसम्म चल्ने मेलामा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै १ लाख ५० हजार पर्यटक भित्र्याउने उद्देश्य रहेको मेला व्यवस्थापन समितिले जनाएकोे छ ।

कागेश्वरी नगरपालिकाका नगर प्रमुख एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले महामेला भव्य र सभ्य हुने बताउँदै देशभित्र र बाहिरका सबै भक्तजनहरुलाई निम्तो दिएको बताए ।

नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा उक्त मन्दिरमा लाग्ने मेलालाई नगरपालिकाले बिशेष महत्व दिएको छ । नगरपालिकाले ३ दिनसम्म बिशेष कार्यक्रम गर्ने कार्यतालिका समेत बनाएको छ ।

धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले २ सय २७ किलो धातुको कागको मूर्ती स्थापना गरी कागेश्वरी महादेब मन्दिरको पहिचान बनाएको पनि थापाले जानकारी दिए ।

बिहीबार मेलाको उद्घाट्न गरी साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, शुक्रवार धार्मिक प्रबचन र महात्म्य संचालन हुने र शनिवार मन्दिरको सरसफाई गर्ने कार्यक्रम रहेको उनले बताए ।

थापाका अनुसार मन्दिरको डिजाईन पुरातात्विक विभागबाट गराएको र ६ करोडको बजेट छुट्याएको साथै मन्दिर वरपर पर्यटकलाई लक्षित गरी भ्यू–टावर, पिकनिक स्पट बनाउने तयारी भइरहेको छ । ‘छोटो बाटोबाट पनि मन्दिरमा जान सकिन्छ’ उनले भने ‘सुन्दरीजल, गागलफेदी, कागेश्वरी नगरपालिका हुँदै छोटो बाटोको प्रयोग गरी जान सकिन्छ’ ।

नगरपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्न लागेको छ । अहिले मन्दिरको विस्तृत परियोजना प्रस्ताव (डीपिआर) निर्माण गरी मन्दिर क्षेत्रको भौतिक संरचना निर्माण भइरहेका जनाइएको छ ।

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको संख्या दैनिक बढ्दै गएको छ ।

नेपालकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित कागेश्वरी महादेवको मन्दिरमा हरेक बर्ष कागेअष्टमीका दिन बिशेष मेला लग्ने गरेको छ ।

कागे अष्टमीका दिन कागेश्वरी महादेवमन्दिरको दर्शन गर्नाले सम्पूर्ण पाप नाश हुने यस लोकमा सुख, शान्ति, र समृद्धि हासिल गरी परलोकनमा मोक्ष पाइन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  २ : १९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल