कांग्रेसको १५ औँ महाधिवेशन : संवादमा ‘विरासत’ बोकेका नेताहरू « Khabarhub

कांग्रेसको १५ औँ महाधिवेशन : संवादमा ‘विरासत’ बोकेका नेताहरू


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको तयारी स्वरूप सभापतिका आकांक्षी नेताहरू आन्तरिक तयारीमा जुट्दै गर्दा ‘विरासत’ बोकेका नेतात्रय डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि संवादमा जुटेका छन् ।

नेतापुत्रका रूपमा समेत चिनिँदै आएका नेतात्रय कोइराला, सिंह र निधिबीच बुधबार चाक्सीबारीमा भेटवार्ता भएको छ । चाक्सीबारी उपप्रधान तथा सहरीविकासमन्त्री समेत रहेका सिंहको निवास हो । 

यसअघि उनीहरूबीच गत असोज ८ मा पूर्वमहामन्त्रीसमेत रहेका कोइराला निवास महाराजगञ्जमा छलफल भएको थियो । कोइरालाले पूर्वउपसभापति निधि र पूर्वमहामन्त्री सिंहलाई बोलाएर छलफलको सुरुवात गरेका थिए ।

राजनीतिक परिवारमा जन्मे हुर्केका कोइराला, सिंह र निधिलाई कांग्रेसमा ‘विरासत’ बोकेका नेताका रूपमा चिनिन्छ । कोइराला बिपीका छोरा हुन् भने सिंह गणेशमानका र निधि महेन्द्रनारायणका छोरा हुन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : ४५ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी