बालुवाटार प्रकरणमा विष्णु पौडेल पुत्रलाई ओलीको इशारामा जोगाइयो : भीम रावल | Khabarhub Khabarhub

बालुवाटार प्रकरणमा विष्णु पौडेल पुत्रलाई ओलीको इशारामा जोगाइयो : भीम रावल


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) बाट निकालिएका पूर्वअध्यक्ष डा.भीमबहादुर रावलले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेता विष्णु पौडेलका छोरा नवीन पौडेललाई अध्यक्ष केपी शर्मा ओलीको इशारामा जोगाइएको आरोप लगाएका छन् ।

उनले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई पनि ओलीकै इशारामा उन्मुक्ति दिइएको आरोप लगाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीको इशारामा जग्गा फिर्ता गरेकाले मुद्दा नचलाउने भनी निर्णय गरेको बताएका हुन् ।

बालुवाटारस्थित ललितास निवासको सरकारी जग्गा विष्णुप्रसाद पौडेलका छोरा नवीन र सर्वोच्च न्यायाधीश रेग्मीले अनियमित रुपमा किनेको अवस्थामा सरकारलाई फिर्ता गर्न मञ्जुर गरेकोले अख्यितारले मुद्दा दायर गर्न नमिल्ने भनी गरेको निर्णय ओलीकै इशारामा भएको रावलको दाबी थियो ।

‘कसैले चोरी गरेको सामान फिर्ता गर्छु भन्दैमा उसलाई दण्ड सजाय नगर्ने कानुन छ र ?’ उनले प्रश्न गरे ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा जन्मदिन मनाउन ४ वटा हेलिकोप्टरबाट तेह्रथुममा विराटनगरबाट तयारी खाना ओसार्न लगाएको पनि रावलले बताए ।

ओलीले जन्मदिनमा नेपालको नक्सा आकारको केक काटेर नवसामन्तको द्योतकका रुपमा आफूलाई स्थापित गरेको आरोप पनि रावलले लगाएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ३ : १८ बजे

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपाली किसानका

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना

दार्चुलामा भूकम्पको धक्का महसुस

खलङ्गा– दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको