‘लाज शरणम्’का तीन पोस्टर सार्वजनिक « Khabarhub

‘लाज शरणम्’का तीन पोस्टर सार्वजनिक


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’को तीन पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबार तीन पोस्टर सार्वजनिक गरेको हो ।

एक पोस्टरमा नायक विजय बराल र हरिश निरौला कक्रोज फिचर्ड छन् । कक्रोच जट्टाधारी जोखीको हुलियामा प्रस्तुत भएका छन् । उनको पिठ्यूमा विजय बराल चढेका छन् भने उनले ‘फेरी’ फुकिरहेको देख्न सकिन्छ । पोस्टरले क्रकोच फिल्ममा अघोरीको भूमिकामा रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा कफिनको आकारभित्र विजय, कक्रोच, अर्जुन घिमिरे ‘पाँडे’ र सागर लम्साल ‘बले’ छन् । यो पोस्टरमा पनि क्रकोच अगोरीकै हुलियामा छन् ।

अर्जुन घिमिरेलाई सिरियलकै ‘पाँडे’ चरित्रमा प्रस्तुत गरिएको हो । यसबाट उनी फिल्ममा पनि उनी पाँडेको भूमिकामा हुनेसक्ने अनुमान गर्न सकिन्छ ।

सागर भने फिल्ममा बलेको भूमिकामा नरहेको पोस्टरले प्रष्ट पार्छ । उनी पोस्टरमा आश्चर्यमा मुद्रामा प्रस्तुत छन् ।

अर्को पोस्टरमा भने निर्माण पक्षले एक पात्र गोप्य राख्न खोजेको छ । सो पोस्टरमा एक पात्र पुरुष छन् । उनको अनुहार देखाइएको छैन । ती पुरुषको हातमा तराजु छ भने शरीरमा एउटा तौली मात्र बेरेका छन् । निर्माण पक्षले यो पोस्टरमार्फत दर्शकाम कौतुहलता जगाउन खोजेको छ ।

यो फिल्म घोषणादेखि नै चर्चामा छ । पोस्टरले यसको चर्चा थप बढाउनेमा निर्माणपक्ष आशावादी छ । फागुन १४ बाट प्रदर्शनमा आउने यस फिल्मको निर्देशक कुमार कट्टेल जिग्री हुन् । कथा पनि उनकै हो ।

फिल्ममा विजय, अर्जुन, कक्रोच, बलेसहित मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुलगायतको अभिनय रहेको छ ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता नवीन श्रेष्ठ निर्माता हुन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ८ : ३३ बजे

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम

भोजपुरको चुनावी हिसाबकिताब : ठूला दललाई नयाँको त्रास

भोजपुर- भोजपुरमा अब चुनावी भाषणले मात्रै चुनाव जित्ने अवस्था बाँकी

दल र उम्मेदवारका ‘एजेन्डा’मा मतदाताको चासो

काठमाडौं– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा

नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक

काठमाडौं – नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक