कन्दरा ब्याण्डको गीत ‘हुनेछ : द सङ अफ होप’ सार्वजनिक « Khabarhub

कन्दरा ब्याण्डको गीत ‘हुनेछ : द सङ अफ होप’ सार्वजनिक


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कन्दरा ब्याण्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर नयाँ गीत ‘हुनेछ : सङ्ग अफ होप’ सार्वजनिक गरेको छ । यो म्युजिक भिडियो प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वबारे प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरूलाई समेटेर यो गीत तयार पारिएको कन्दरा ब्यान्डले बताएको छ ।

गीत सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले गीतको प्रशंसा गरे । कन्दराका प्रमुख भोकलिस्ट विवेक श्रेष्ठलाई ओलीले भने, ‘साह्रै राम्रो गाउनुभएको रहेछ, कति मिठो गीत । ठ्याक्कै देशले खोजे जस्तो ।’

गायक श्रेष्ठले यो गीतले नेपालीहरूमाझ सकारात्मक जगाउने आशा व्यक्त गरे । उनले भने, ‘यो गीत आशाको किरण हो, जसले हरेक नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिनेछ भन्ने आशा गरेका छौं ।’

‘हुनेछ: द सङ्ग अफ होप’मा शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाको रहेको छ । गीतको भिडियो निर्देशन र कथा केदार भुसालले तयार पारेका हुन् ।

कन्दरा ब्याण्डले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको अवसरमा विश्व भ्रमणको योजना बनाएको छ ।

प्रधानमन्त्री ओलीले गायक विवेकलाई यस गीतका लागि धन्यवाद दिँदै सन् २०२५ बाट प्रारम्भ गर्न थालेको ‘कन्दरा विश्वभ्रमण’को पनि शुभकामना दिए ।

हेर्नुहोस् भिडियो :https://www.youtube.com/watch?v=vrVQA4BMnvA

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ९ : ०४ बजे

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक

‘केजीएफ’ पछि नयाँ अवतारमा यश, ‘टक्सिक’ को डार्क ट्रेलरले बढायो कौतुहलता

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार यश फेरि एकपटक दमदार र रहस्यमय

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

वाशिङ्टन- अमेरिकामा एच-१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीको समस्या थपिन

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,