वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै रू ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल चितवन, भरतपुर उप–महानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा, गोरखा गण्डकी नगरपालिका–२ घर भई हाल काठमाडौँ नागर्जुन बस्ने ३१ वर्षीय राजन आले, पर्सा वीरगञ्ज–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया तथा भक्तपुर सूर्यबिनायक नगरपालिका–५ बस्ने २७ वर्षीय आकाश दुलाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकाहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा पारी विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेकामध्ये थापा र आलेले अमेरिका पठाइदिने भन्दै अमेरिका पठाइदिने भन्दै रू ५९ लाख २५ हजार तथा चौरसियाले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट रू चार लाख र दुलालले युएई पठाइ दिने भन्दै एकजनाबाट रू तीन लाख ५५ हजार रकम लिई सम्पर्कविहीन भएको पीडितहरूको आरोप रहेको प्रहरीले जनाएको छ ।

क्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ८ : ४९ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका