विचाराधीन विधेयकलाई आगामी अधिवेशनबाट पारित गर्न कांग्रेसको अपिल « Khabarhub

विचाराधीन विधेयकलाई आगामी अधिवेशनबाट पारित गर्न कांग्रेसको अपिल


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले संसद्मा विचाराधीन विधेयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गर्ने गरी काम गर्न सांसदहरूलाई अपिल गरेको छ ।

आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले आउँदो अधिवेशनमा पारित गर्ने गरी जतिसक्दो चाँडो काम गर्न आफ्नो पार्टीका सांसदलाई आग्रह गरेको कांग्रेस सहमहामन्त्री तथा सांसद जीवन परियारले जानकारी दिनुभयो ।

बैठकमा समितिमा रहेका विधेयकको अवस्था र ती विधेयक पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको थियो । संसद्मा विचाराधीन विधेयकका सन्दर्भमा सङ्घीय संसद्का अर्थ, शिक्षा, कानुन, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदसँग छलफल गरिएको थियो ।

समितिमा १५ वटा विधेयक विचाराधीन अवस्थामा छन् । प्रमुख सत्तारूढ दुई दल नेकपा ९एमाले० र नेपाली कांग्रेस सम्मिलित कार्यदलको पछिल्लो बैठकले सङ्घीय संसद्मा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ९ : ५२ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै