एमाले सचिवालय बैठक बस्दै | Khabarhub Khabarhub

एमाले सचिवालय बैठक बस्दै


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, समसामयिक राजनीतिक परिस्थिति लगायत विषयमा छलफल हुनेछ ।

यही पुस १० गते बसेको सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

बैठकले केन्द्रीय कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतका सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्तावसहित चार एजेण्डा पनि तय गरेको थियो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ८ : ०२ बजे

अमेरिकाको वेल्स फार्गो बैङ्कका कर्मचारीलाई ‘आपराधिक अभियोगमा’ चीन छोड्न प्रतिबन्ध

बेइजिङ- साङ्घाईमा जन्मिएका अमेरिकी बैङ्क वेल्स फार्गोका प्रबन्ध निर्देशक चेन्यु

१२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ

कास्की– १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न रहेको आरोपमा

अफगानिस्तानमा बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु

काठमाडौं- अफगानिस्तानको अन्तरिम सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको

कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ : मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर हुनेगरि

नेपालमा शिक्षा र स्वास्थ्यका पाँच परियोजनाका लागि भारतको ३९ करोड अनुदान

काठमाडौं- नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रका पाँचवटा उच्च प्रभाव सामुदायिक