सरकारकाले बढायो दूधको मूल्य « Khabarhub

सरकारकाले बढायो दूधको मूल्य


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शनिबारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ ।

शनिबारदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बढाइएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बढाउन परिपत्र गरेको दुग्ध विकास संस्थानले जनाएको छ ।

संस्थानका अनुसार बढाइएको मूल्य शनिबारदेखि लागू हुने छ ।

दुग्ध व्यवसायीहरुले लामो समयदेखि दूधको मूल्य बढाउन माग गर्दै आएका थिए । व्यवसायीहरुको मागअनुसार दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न सरकारले कार्यदल नै गठन गरेको थियो ।

दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्त नेतृत्वको कार्यदलले सरकारलाई बढी दूध उत्पादन हुने समयमा प्रतिलिटर ५ रुपैयाँ ७१ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो । यस्तै, दूधको उत्पादन कम हुने समयमा भने प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सकिने कार्यदलले सिफारिस गरेको हो ।

अब दूधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ ।

बढेको मूल्यमध्ये किसानले प्रतिलिटर ४ रुपैयाँ १६ पैसा पाउनेछन् भने व्यवसायीले १ रुपैयाँ ८४ रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ५ : ०१ बजे

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६