सरकारकाले बढायो दूधको मूल्य « Khabarhub

सरकारकाले बढायो दूधको मूल्य


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शनिबारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ ।

शनिबारदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बढाइएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बढाउन परिपत्र गरेको दुग्ध विकास संस्थानले जनाएको छ ।

संस्थानका अनुसार बढाइएको मूल्य शनिबारदेखि लागू हुने छ ।

दुग्ध व्यवसायीहरुले लामो समयदेखि दूधको मूल्य बढाउन माग गर्दै आएका थिए । व्यवसायीहरुको मागअनुसार दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न सरकारले कार्यदल नै गठन गरेको थियो ।

दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्त नेतृत्वको कार्यदलले सरकारलाई बढी दूध उत्पादन हुने समयमा प्रतिलिटर ५ रुपैयाँ ७१ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो । यस्तै, दूधको उत्पादन कम हुने समयमा भने प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सकिने कार्यदलले सिफारिस गरेको हो ।

अब दूधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ ।

बढेको मूल्यमध्ये किसानले प्रतिलिटर ४ रुपैयाँ १६ पैसा पाउनेछन् भने व्यवसायीले १ रुपैयाँ ८४ रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ५ : ०१ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल