अर्थसंक्षेप : एक वर्षमा ११ लाख ४७ हजार पर्यटक भित्रिए, निराशाजनक नेप्से कारोबार | Khabarhub Khabarhub

अर्थसंक्षेप : एक वर्षमा ११ लाख ४७ हजार पर्यटक भित्रिए, निराशाजनक नेप्से कारोबार


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण गरेका छन् । इलामका गिरिराज खनालले यसैवर्ष ३४ लाख माथिको अलैँची उत्पादन गरेका छन् ।

सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । लतिपुरमा ५ तारे होटल रोयल टुलिपको औपचारिक उद्घाटन गरिएको छ ।

आजका आर्थिक समाचारहरू :

एक वर्षमा ११ लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण

सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

ललितपुरमा खुल्यो ६ अर्ब लगानीको पाँचतारे रोयल टुलिप होटल

लतिपुरमा ५ तारे होटल रोयल टुलिपको औपचारिक उद्घाटन गरिएको छ । १६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलको ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहितको उपस्थितिमा उद्घाटन गरिएको हो ।

३०२ कोठा रहेको यो होटल भारतीय व्यवसायीसहितले ६ अर्ब रुपैयाँको लागतमा निर्माण गरेका हुन् । गुण समूहका निर्देशक राजेन्द्र शाक्य र भारतको होटल सरोवरका अध्यक्ष अजय कुमारबीच औपचारिक सम्झौतासँगै सञ्चालमा आएको हो ।

नेप्सेमा झिनो अंकको वृद्धि

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ प्रतिशतले बढ्दा कारोबार डेढ अर्ब वृद्धि भएको छ ।

बुधबार साढे ३ अर्बको कारोबार हुँदा आज भने बढेर ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता शेयर कारोबार भएको छ ।

एकै वर्षमा ३४ लाखको अलैँची उत्पादन

नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरूको सङ्ख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् ।

कृषि पेसाबाट नै गर्नसके स्वदेशमा नै बसेर विदेशमा भन्दा दोब्बर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् इलाम सन्दकपुर गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष गिरिराज खनाल । उनले यसैवर्ष ३४ लाख माथिको अलैँची उत्पादन गरेका छन् ।

किसानले बेचे ११ करोडको धान

बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब ११ करोड रुपैयाँ बढीको धान बिक्री गरेका छन् ।

गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

पर्यटन क्षेत्रको समृद्धिमा निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे

सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए ।

सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै हिजो प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

१२ निर्माण कम्पनी कालोसूचीमा

सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ६ : ४६ बजे

दिलभुषणविरुद्ध साइबर–५९, अमरेशविरुद्ध आरजु !

काठमाडौं– पूर्वकांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले गत

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन

नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो

काठमाडौं- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजअन्तर्गत बुधबार नेदरल्याण्ड्सविरुद्ध हुन

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

नैनपुर – यहाँको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा