शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री « Khabarhub

शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम मुछिएको नुवाकोटको शेरा दरबारबारे गम्भीरताका साथ अध्ययन भइरहेका बताएका छन् । 

संघीय संसद्को राज्य व्यवस्थापन तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले शेरा दरबार गैरकानूनी रूपमा व्यक्तिको नाममा गएको भए फिर्ता हुने बताए । 

‘शेरा दरबारसम्बन्धी गम्भिरताका साथ अध्ययन भइरहेको छ । कसैको नाममा गैरकानुनी रूपमा गएको छ भने फिर्ता हुन्छ,’ गृहमन्त्री लेखकले भने । 

बैठकमा नेकपा एमालेका सांसद वासुदेव घिमिरेले शेरा दरबारबारे गृहमन्त्री लेखकको जवाफ मागेका थिए । 

‘शेरा दरवारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ सांसद घिमिरेले भनेका थिए ।

गृहमन्त्री लेखकले बैठकको अन्तिममा धारणा राख्ने बताएपछि बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गाका कानूनविपरीत भए फिर्ता ल्याउन भनेका थिए ।

‘शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘म सरकारलाई धन्यवाद भन्छु ।’

प्रचण्डको जवाफ फर्काउँदै गृहमन्त्री लेखकले धन्यवाद दिन तयार भएर बस्न आग्रह गरे ।

‘पूर्वप्रधानमन्त्रीले धन्यवाद दिन्छु भन्नुभएको छ,’ उनले भने, ‘गैरकानुनी रूपमा गएको रहेछ भने फिर्ता हुन्छ । यसकारण सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ ।’

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १ : ५७ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार