सुरुङ खनेर घरमा चोरी : मोबाइल लोकेशन पछ्याउँदै युवाले सामानसहित समाते गिरोह « Khabarhub

सुरुङ खनेर घरमा चोरी : मोबाइल लोकेशन पछ्याउँदै युवाले सामानसहित समाते गिरोह


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

रौतहट- तहटको फतुवा विजयपुर नगरपालिकास्थित गएराति युवाहरूले मोबाइल लोकेशनका आधारमा चोरीमा संलग्न ४ जनालाई समातेका छन् ।

घरमा चोरी भएपछि गुहार माग्दा पनि प्रहरीले बेवास्ता गरेपछि स्थानीय युवाहरूले प्रविधिको प्रयोग गरेर चोरीमा संलग्नलाई समात्न सफल भएका हुन् ।

दिनभर गाउँगाउँ घुमेर भिख माग्दै हिँड्ने त्यो समूहले राति भएपछि चोरी गर्ने गरेका थिए । यसरी चोरीमा संलग्न गिरोहलाई युवाहरूले समातेर प्रहरीलाई बुझाएएका छन् ।

अहिले चोरीमा संलग्न त्यो गिरोहका सदस्य लाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा छन् । चोरीमा संलग्नलाई पछ्याइरहँदा इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले सहयोग नगरेको युवाहरूले गुनासो गरेका छन्।

फतुवा विजयपुर-६ पेटभर्वा गाउँका अच्छेलाल साहको घरमा बुधबार राति करिब १२ बजे गिरोहले सुरुङ खनेर पाँचवटा मोबाइल, गरगहना र नगद २ लाखसहित ५ लाखबढीको सामान चोरेको थियो ।

पीडित परिवारले फोन गरेर इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा वास्ता नगरेपछि गाउँका युवाहरूले चोरी भएका मोबाइल लोकेशनका आधारमा उनीहरूलाई पछ्याउँदै गएका थिए।

खोजी गर्दै जाँदा फतुवा गाउँछेउको मठनजिकबाट उनीहरूले चोरीमा संलग्न ४ जनालाई समातेका थिए।

उनीहरूकोको साथबाट चोरी भएका मोबाइल, गरगहना र नगद भेटिएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा जानकारी गराए ।

इप्रका विजयपुरको टोलीलाई चोरीमा संलग्न चारैजनालाई सामानसहित जिम्मा लगाएको स्थानीय समाजसेवी राजकिशोर साहले बताएका छन्।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले घटनाको पुष्टि गरेका छन्। प्रवक्ता रायका अनुसार सुनका गहना, नगद र मोबाइल गरी ८ लाख बराबरको सामान चोरी गरेको खबरका आधारमा प्रहरी पठाइएको थियो ।

बिहीबार बिहान साढे ३ बजे इप्रका विजयपुरबाट प्रहरी नायव ज्ञानेन्द्रकुमार ढकालको कमाण्डमा पुगेको ९ जनाको टोलीले आरोपी चारैजनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा दिउँसोको समयमा मागेर खाँदै हिँड्ने ६५ वर्षीय रामायण नट, ६० वर्षीय लक्ष्मण नट, ३५ वर्षीय मनोज नट र ३४ वर्षीय सुनिल नट रहेको डीएसपी रायले बताए ।

उनीहरू बसेकै ठाउँबाट सानो मोबाइल (किप्याड) थान ६, ठुलो मोवाईल (टच स्क्रिन) थान ३ र चार्जर थान ३ समेत फेला परेको डिएसपी रायले जानकारी दिएका छन्।

आरोपीहरू केही समयदेखि फतुवा विजयपुर-७ फतुवा गाउँ छेउमा त्रिपाल टाँगेर स-परिवार बस्दै आएका थिए।

घरका सबैजना दिनभर गाउँ-गाउँ घुमेर भिख माग्ने गरेका थिए। घुमन्तेहरूले यसरी चोरी गरेको पहिलो घटना होइन। यस अघि पनि यस्ता समूह कयौँ पटक चोरीको घटनामा समातिएका छन्।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ३ : ०४ बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान