बहामासमा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो | Khabarhub Khabarhub

बहामासमा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नस्साउ– अमेरिकी मुलुक बहमासमा आएको डोरियन नामको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

अमेरिकातर्फ तीव्र गतिमा अघि बढिरहेको आँधीबाट बहामासमा ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको बहामासका स्वास्थ्यमन्त्री डुआन स्याण्ड्सले जनाएका हुन् । आँधी हाल १६५ किलोमिटर प्रतिघण्टाको गतिमा अमेरिकाको पूर्वी तटतर्फ अघि बढिरहेको छ ।

आँधीले गत सेप्टेम्बर १ मा उत्तरी बहामासको अबाकोस तथा ग्राण्ड बहामा टापुमा दुई दिनसम्म भीषण वर्षा गराएको थियो । आँधी हाल कमजोर बन्दै गएको र बिहीबारसम्म आँधीले अमेरिकाको साउथ क्यारोलाइना वा नर्थ क्यारोलाइना राज्यमा भारी वर्षा गराउने अनुमान गरिएको छ ।

डोरियन आँधीबाट बहामासको जनजीवन अस्तव्यस्त भएको छ भने पूर्वी अमेरिकाका सयौं उडान रद्द गरिएका छन् । बहामासका प्रधानमन्त्री हुबर्ट मिन्निसले आँधीलाई इतिहासकै सबैभन्दा ठूलो विपद्को संज्ञा दिएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ५ : १६ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी