संसदीय समितिमा ‘शब्द’लाई लिएर सांसदबीच मतान्तर « Khabarhub

संसदीय समितिमा ‘शब्द’लाई लिएर सांसदबीच मतान्तर


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिको बैठकमा अभिव्यक्त गर्ने शब्दहरुमा नै सांसदहरु बीच मतान्तर देखिने गरेको छ ।

संसदीय समितिमा छलफलमा रहेका विधेयकहरुमा सांसदहरुले आफ्ना धारणाहरु राख्दा आफूले चाहेको शब्द राख्नुपर्ने अडान पनि राख्ने चलनले मतान्तर देखिने गरेको हो । बिहीबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो देखियो ।

समितिमा संघीय निजामती सेवा सम्बन्धि मूल बिधेयकमा दफाबार छलफल चलिरहेको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावल र नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको धारणामा मतान्तर जस्तो देखिएको हो ।

दुवै सांसदले ब्यक्त गरेका बिचारको अन्तर्य एउटै भए पनि आफूले प्रयोग गरेको शब्द नै विधेयकमा राख्नु पर्ने अडान देखियो । दुवै जना सांसदले राखेका विचार ऐनको प्रस्तावनामा के के कुरा राख्ने भन्नेमा केन्द्रित थियो ।

एकै अर्थ लाग्ने फरक-फरक शब्दको प्रयोग र आफूले प्रयोग गरेको शब्द नै विधेयकमा उल्लेख गर्नु पर्ने अडानले कहिलेकाहीँ व्यक्तिगत सवाल जवाफ पनि हुन पुगेको छ । शब्दलाई लिएर विवाद बढ्न थालेपछि समितिमा छलफालमा सहभागी भएका मन्त्रालयका पदाधिकारी पनि अलमलमा पर्ने गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ५ : १७ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल