काँग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ बाट « Khabarhub

काँग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ बाट


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गतेबाट शुरु गर्ने भएको छ ।

नेपाली काँग्रेसले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो ।

जागरण अभियान ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुने र त्यसका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रिय प्रतिनिधि खटाउने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । जागरण अभियानका क्रममा सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधिबारे आम जनतालाई जानकारी गराउने पनि काँग्रेसले जनाएको छ ।

जागरण अभियान अन्तर्गत पार्टी प्रवेशका लागि अभियान चलाउने, पार्टीका माथिदेखि तल्लो तहका नेताहरुबीचको सम्वादलाई घनिभूत बनाउने लगायतका उद्देश्य रहेका छन् । असोज ७ गतेसम्म आयोजना हुने १५ दिने सो जागरण अभियानले पार्टी संगठनलाई चुस्त बनाउने विश्वास लिइएको प्रवक्ता शर्माले बताए ।

नेपाली काँग्रेसले यस अघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत बैशाख २५ गतेबाट आरम्भ भई जेष्ठ २५ गते सम्पन्न गरेको थियो । पहिलो चरणको राष्ट्रिय जागरण अभियान जिल्ला केन्द्रित थियो भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित हुने पनि नेपाली काँग्रेसले स्पष्ट पारेको छ ।

काँग्रेसले सरकारविरुद्धको आन्दोलनलाई चर्काउने मूल उद्देश्यका साथ चरणवद्ध रुपमा राष्ट्रिय जागरण अभियानलाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ५ : २६ बजे

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६