घटेन ऋषिकेशको तनाव : श्रीमतीपछि स्वकीय सचिव पनि ठगीमा संलग्न | Khabarhub Khabarhub

घटेन ऋषिकेशको तनाव : श्रीमतीपछि स्वकीय सचिव पनि ठगीमा संलग्न

भदौमै अदालतले दिएको थियो परमादेश, बल्ल हटाए


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको संकट टरेको छैन ।

पत्नी अञ्जला कोइराला सहकारी ठगीमा मुछिएर फरार रहेको अवस्थामा स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन् ।

एमाले मोरङ जिल्ला कमिटी सदस्य पोखरेलले एबीबीबीएसमा नाम निकालिदिने आश्वासन दिएर ३८ लाख रुपैयाँभन्दा ठगी गरेको कुरा बाहिरिएको हो ।

पोखरेललाई ठगीमा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले २०८१ भदौमै जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । तर उच्च अदालतको परमादेशपछि पनि ऋषिकेशले अनिललाई सहयोगीमा रुपमा यथावत राखेका थिए । यो प्रकरणको यही पुस ११ गते प्रमाणीकरण भएसँगै ऋषिकेशलाई अर्को तनाव आइलागेको हो । अदातलले परमाशेद दिए पनि ऋषिकेशले शुक्रबारसम्म पनि अनिललाई स्वकीयका रुपमा यथावत राखेको खुलेको छ ।

तर अदालतले परमाशेद प्रमाणीकरण गरेसँगै सार्वजनिक लेखा समितिका सभापति पोखरेलले शुक्रबार संघीय संसद् सचिवालयलाई एक पत्र पठाएर स्वकीय सचिव पोखरेललाई हटाएको बताएका छन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीकाले स्वकीय सचिवलाई हटाउनका लागि सभापति पोखरेलले शुक्रबार पत्र पठाएको पुष्टि गरेका छन् । उक्त पत्र संघीय संसद् सचिवालयले शुक्रबार सार्वजनिक गरेको छ। ।

‘मेरो स्वकीय सचिवका रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ पोखरेलले पत्रमा भनेका छन्, ‘निजमाथि लगाएका विभिन्न आरोपको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित मेरो स्वकीय सचिवको जिम्मेवारीबाट निज पोखरेललाई आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।’

के थियो प्रकरण ?

मोरङ प्रहरीका अनुसार अनिल पोखरेलले माथिसम्म पहुँच रहेको भन्दै ठगी गरेको खुलेको छ । उनले एमबीबीएस प्रवेश परीक्षामा दीक्षा चौधरीलाई पास गराइदिने भन्दै उनका पिता बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएको खुलेको छ ।

तर पोखरेलले भनेअनुसार दीक्षाको नाम एमबीबीएस पढाइका लागि निस्किन सकेन, अर्थात् उनी प्रवेश परीक्षामा फेल भइन् । त्यसपछि चौधरी परिवारले उक्त रकम मागेको थियो । तर पोखरेलले आफूबाट चौधरी परिवारले ५० लाख रुपैयाँ ऋण लिएको तमसुक बनाएका थिए । उक्त तमसुकमा हस्ताक्षर गराएर उल्टै आफूहरूलाई फसाउन खोजेको भन्दै चौधरी परिवार प्रहरीकहाँ पुगेका थिए ।

चौधरी परिवारले य सप्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेली दुवै ठाउँमा जाहेरी लगे। तर दुवै प्रहरी निकायले उनीहरूको जाहेरी लिन मानेनन् । उता ऋषिकेशका स्वकीय अनिलले चौधरी परिवारबाट रकम लिएको स्वीकारे पनि एमबीबीएस पास गराउन भनेर नलिएको जिकिर गरेका छन् ।

चौधरी परिवारका अनुसार यस प्रकरणमा प्रहरीसँगै जिल्ला सरकारी वकिलको कार्यालयले पनि पोखरेलविरुद्ध उजुरी दर्ताका लागि प्रहरीलाई पत्र लेख्न मानेको थिएन । प्रहरी र सरकारी वकिलले पोखरेलको पहुँचबाट डराएर जाहेरी नलिएपछि चौधरी परिवारले उच्च अदालत मोरङमा रिट हाले ।

सार्वजनिक लेखा समिति सभापति पोखरेलको आडमा स्वकीय अनिलले गरेको ठगीलाई प्रहरी र सरकारी वकिलले आँखा चिम्लिएपछि चौधरी परिवार अदालत पुगे‍को थियो । चौधरी परिवारको मागबमोजिम अदालतले उजुरी दर्ताका लागि परमादेश पनि दियो ।

तर अनिललाई ऋषिकेशले स्वकीयका रुपमा हालसम्म कायमै राखेका थिए । तर अदालतले उक्त परमादेश प्रमाणीकरण गरेसँगै अब अनिलमाथि कानुनी कारबाहीको बाटो पनि खुलेको छ । त्यहीकारण सभापति पोखरेलले अनिललाई स्वकीयबाट हटाएको जानकारी संघीय संसद्मा दिएका हुन् ।

श्रीमती फरार

ऋषिकेशकी पत्नी सहकारी ठगीमा जोडिएर हाल फरार छिन् । जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएपछ उनकी पत्नी अञ्जला कोइराला हाल फरार छिन् ।

श्रीमतीलाई जोगाउन शक्ति दुरुपयोग गरेको आरोप लागेपछि ऋषिकेशमाथि संसदीय समितिको बैठकमै सत्तापक्ष समेतका सांसद्‌हरूले प्रश्न उठाएका थिए ।

पोखरेलकी पत्नी कोइरालाले मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी गरेको आरोप लागेको छ । उक्त सहकारी पोखरेलले आफ्नै अग्रसरतामा खोलेका थिए ।

सरकारी वकिलको कार्यालय मोरङले कोइरालासहित २६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मङ्सिर २८ मै मुद्दा दर्ता गरिसकेको छ । तर, कोइराला अदालत नै नगई फरार भएकी छिन्‌ । अदालतले उपस्थित हुन पुस ३ गते ३५ दिने हदम्याद जारी गरिसकेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १२ : ३३ बजे

सचिनमा देखिएको दुर्लभ रोग अरु बालबालिकामा दोहोरिएला ?

बाल कलाकार सचिन परियारको १३ वर्षको उमेरमा निधन भयो। टिचिङ

भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई

मौसम पूर्वानुमान : तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा

काठमाडौं – मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु

काठमाडौंमा भूकम्पको धक्का : मानिस सडकमा निस्किए

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।