वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध काम गर्न सकेन : प्रचण्ड « Khabarhub

वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध काम गर्न सकेन : प्रचण्ड


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए ।

अहिलेको सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक काम हुन नसकेको उनले बताए । प्रचण्डले पछिल्लो पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदविरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई निकाल्ने गरी इमान्दारीसाथ काम गरेको जिकिर गरे ।

राजनीतिक नेतृत्वको इमान्दारी जनताले जाँच्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार रहेको बताए ।

उनले पालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे ।

दाहालले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताएका छन् ।

बदनाम गर्न समामाचार बनाउने कामलाई पत्रकार महासंघले खबरदारी गर्नुपर्ने उनले बताए । कार्यक्रममा पत्रकार महासंघ काठमाडौं शाखामा नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १ : ०५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले